पानी जमेको खाल्डोमा डु’बेर सर्लाहीमा एक जनाको मृ’त्यु

No Images Found

जनकपुरधाम : खाल्डोमा जमेको पानीमा डुबेर सर्लाहीमा एक जनाको मृत्यु भएको छ। बागमती नगरपालिका–३ घर भई लालबन्दीमा काम गर्दै आएका ५० वर्षीय वीरबहादुर वाइबाको डुबेर मृत्यु भएको हो ।

लालबन्दी नगरपालिका–१५ स्थित चौरीमा ग्राभेल निकालेको आठ फिट गहिरो खाल्डोमा जमेको पानीमा डुबेर बिहीबार उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता माधवप्रसाद बुढाथोकीले बताए छन् ।

मृतकको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा पठाइएको उनले बताएका छन् ।