बु’धबार नेप्सेमा २३.७६ अं’कको सु’धार

No Images Found

काठमाडौं : करिब एक महिना लामो लगातारको गिरावटपछि बिहीबार सेयर बजार परिसूचक नेप्सेमा अधिकतम २३.७६ अंकको सुधार आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक २३.७६ अंकले बढेर २ हजार २८२४.८९ विन्दुमा उक्लिएको हो।

अघिल्लो दिन बुधबार नेप्से १६.९७ अंकले घटेर २ हजार २८०१.१३ विन्दुमा झरेको थियो । आज भने ‘क’ वर्गका सेन्सेटिभ इन्डेक्स समेत ४.४१ अंकले बढेको छ । यसदिन व्यापार र अन्य समूह बाहेक सबैजसो समूहहरु धनात्मक भएका छन् । यद्यपि, आज सबैजसो समूहहरु धनात्मक हुँदा पनि कारोबार रकम भने अझैं ५ अर्ब पुग्न सकेको छैन ।

नेप्सेकाअनुसार आज कुल २२३ कम्पनीका एक करोड ३१ लाख ४३ हजार २४० कित्ता सेयर ५१ हजार ८६८ पटक किनबेच हुँदा जम्मा ४ अर्ब ८१ करोड ५५ लाख २० हजार २९४ रुपैयाँको मात्र कारोबार भएको छ ।