हेटौैडाबाट ५७ कि’लो गाँ’जासहित २ जना प’क्राउ

No Images Found

हेटौैडा : ५७ किलो ९ सय ग्राम लागूऔषध गाँजासहित मकवानपुर प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय रातोमाटेबाट खटिएको टोलीले बुधबार साँझ ६ बजेको समयमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ पिपल चौतारा पूर्व पश्चिम सडक खण्डस्थित चितवनबाट बारातर्फ जाँदै गरेको ना. ४ च १५०१५ नम्वरको बोलेरो पिकअप गाडीलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त गाँजा फेला पारेको हो ।

सो गाडीको पछाडिको भागमा फल्स बटम बनाई लुकाएर ल्याएको गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले जानकारी दिएका छन् ।
प्रहरीले गाडीका चालक चितवन जिल्लाको राप्ती नगरपालिका वडा नम्वर ६ बस्ने वर्ष २६ को संजय चौधरी र सोही गाडीमा सवार चितवनकै वर्ष ४८ को लालजी साहलाई नियन्त्रणमा लिएको जनाएको छ ।