अल्लिो दिन यात्राका क्रममा ‘म पनि युटुवर बन्न सक्छु,’ भनेका युवक पछिल्लो दिन मृ’त फे’ला

No Images Found

काठमाडौं : डडेल्धुरा सदरमुकाम बागबजारमा एक युवक मृत फेला गरेका छन्। परशुराम नगरपालिका वडा नम्बर ५ का दिपेन्द्र धामी मृत भेटिएका हुन् ।

महेन्द्रनगरबाट अघिल्लो दिन हिडेका दिपेन्द्रले भासुको भिडमा पुगेर २ देखि ३ वटा भिडिओ खिचेका छन्। यात्राका क्रममा म पनि युटुवर बन्न सक्छु भनेर भनेका छन्।

उक्त भिडिओेमा उनले भजन दाई र एक जना भाई भनेर पनि बोलेका छन्। उनले भिडिओमा आफु हर्षित रहेको कुरा समेत उल्लेख गरेका छन् । यात्रामा उनीसँग अन्य साथीहरु पनि रहेका देखिन्छ। यता जिल्ला प्रहरी कार्यालय डडेल्धुराले महेन्द्रनगरबाट विहान ९ बजे भातकाडा विहेमा जान्छु भनेर हिडेको बताएको छ ।

घटनास्थलतर्फ इन्सपेक्टर यज्ञराज भटट्को टोली पुगेको र घटनास्थलको मुचुल्का उठाउने काम भईरहेको इन्सपेक्टर भट्टले जानकारी दिएका छन् । घटनाको अनुसन्धान भईरहेको र पोष्टमार्टमको रिपोर्ट आएपछि मात्र के भएको भन्ने बारे भन्न सकिने उनले बताएका छन्।