बनेपाको पुल बजार क्षेत्र डुबानमा, स्थानीयको जनजीवन अस्तब्यस्त

No Images Found

काठमाडौं : काभ्रेको बनेपास्थित पुल बजार क्षेत्र अविरल बर्षाका कारण डुबानमा परेको छ ।

उक्त पुल बजार क्षेत्र हरेक वर्ष डुबानमा पर्दै आएको छ । पुल बजार क्षेत्र डुबानमा पर्दा यहाँ रहेका घर तथा पसलहरु डुबेका छन् भने स्थानीयको जनजीवन अस्तब्यस्त बनेको छ ।

सो क्षेत्रमा गुडेका र पार्किङमा राखिएका गाडीहरु समेत डुबानमा परेका छन् । जग्गा अतिक्रमणका कारण यो क्षेत्र हरेक वर्ष डुबान पर्ने गरेको विज्ञहरुले बताउँदै आइरहेका छन् ।

त्यस्तै दीर्घकालीन समस्याको समाधान हुन नसकेको भन्दै स्थानीय पनि आक्रोशित भएका छन् ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयहरुको सहयोगमा अहिले पानी पन्छाउने प्रयास भइरहेको छ ।