२४ घण्टामा २२३९ जना सं’क्रमित थ’पिदा १३१६ जना संक्रमणमुक्त: २० जनाको मृ’त्यु

No Images Found

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा २ हजार २३९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ११ हजार ३१३ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १४७९ जना संक्रमित थपिएका छन् भने एन्टिजेन विधिबाट ७६० जनामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा थप १३१६ जना संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म ६ लाख १६ हजार ९२९ जना संक्रमणमुक्त भइसकेका छन् । निको हुने दर ९४.५ प्रतिशत रहेको छ । त्यस्तै कोरोना बाट थप २० जनाको मृत्यु भएको छ । हालसम्म ९ हजार ३४० जनाले ज्यान गुमाइसकेका छन् ।

हाल २३ हजार ९२० जना होम आइसोलेसनमा, २ हजार ६ ७० जना संस्थागत आइसोलेसनमा, ५३९ जना आईसीयूमा र १६६ जना भेन्टिलेटरमा रहेका छन् । ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लाहरुमा मोरङ, सुनसरी, झापा, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर र कास्की रहेका छन् ।

नेपालमा हालसम्म ४ लाख ६० हजार ७३४ जनाले कोभिसिल्ड खोपको दुई डोज लगाइसकेका छन् भने ५ लाख ३ हजार ७७४ जनाले भेरोसेल खोपको दुवै डोज लगाएका छन् । दुवै डोज खोप लगाउनेको कूल संख्या ९ लाख ६४ हजार ५०८ रहेको छ ।