अर्जेन्टिनाले हात पार्यो २८ वर्ष पछिको उपाधि (फोटो फिचर)

No Images Found

एजेन्सी : अर्जेन्टिनाले २८ वर्षपछि कोपा अमेरिकाको ट्रफी उचाल्दा सुपरस्टार लिओनल मेस्सीले पहिलो अन्तर्राष्ट्रिय उपाधि जितेका छन् ।

माराकाना स्टेडियममा आइतबार बिहान सम्पन्न फाइनलमा घरेलु टोली ब्राजिलमाथि १-० को कठिन जित निकाल्दै अर्जेन्टिनाले ट्रफी उचालेको हो । ब्राजिलमा भएको ४७औं संस्करणको कोपामा ब्राजिललाई नै फाइनलमा पराजित गर्दै अर्जेन्टिना च्याम्पियन समेत बनेको हो ।

यस उपाधिसँगै अर्जेन्टिनाले सर्वाधिक १५ पटक कोपा जित्ने उरुग्वेको कीर्तिमान समेत बराबरी गरेको छ । सन् १९९३ पछि अर्जेन्टिनाले पहिलो पटक कोपाको उपाधि जितेको हो । २८ वर्षमा अर्जेन्टिनाले जितेको यो कुनै पनि ठूलो उपाधि समेत हो ।

त्यसयता अर्जेन्टिनाले चार कोपा फाइनल एक विश्वकप फाइनल र दुई कन्फ्रेडेरेसन कप फाइनल गरी कुल ७ फाइनल खेले पनि सबैमा पराजित भएको थियो ।