क’पिलवस्तुको कृष्णनगर ब’जार डु’बानमा

No Images Found

कपिलवस्तु : केही दिन यताको लगातार वर्षाका कारण कपिलवस्तुको कृष्णनगर बजार क्षेत्र डुबानमा परेको छ । जिल्लाको अधिकांश क्षेत्रका साथै कृष्णनगर– २ को मस्जिद रोड, नगरपालिका रोड, बैंक रोडलगायत बजार क्षेत्र डुबानमा परेको हो ।

पानी निकासका लागि ढल निकास नहुँदा बजार क्षेत्र डुबानमा परेको नगरपालिकाले जनाएको छ । ढल निकास निर्माणका लागि आर्थिक वर्ष २०७८र७९ मा १ करोड बजेट राख्ने नगर प्रमुख रजत प्रताप शाहले जानकारी दिएका छन् ।

शुरूको तीन वर्षमा सडक विभागले हामी बनाउँछौ भनेकोले नगरपालिकाले त्यता ध्यान पुर्‍याउन नसकेको र आउने आर्थिक वर्षमा शिवबिडी फ्याक्ट्रिदेखि सिनेमा हल हुँदै सेमरासम्म २ मिटर चौडाई रहने गरी ढल निकास बनाउन १ करोड वजेट छुट्टयाउने नगर प्रमुख शाहले बताएका छन्

यता स्थानीयले भने नगर प्रमुखले चुनाव जितेको दिन गरेको वाचा चार वर्ष बितिसक्दा पनि पुरा नगरेको गुनासो गरिरहेका छन् ।