चट्याङ लागेर बावुको मृ;त्यु, छोरा घा’इते

No Images Found

काठमाडौं : आइतबार बिहान कञ्चनपुरमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने अर्का एक युवक घाइते भएका छन् ।

भीमदत्त नगरपालिका ९ मटैनाका ५३ वर्षीया पुरुष वीर महराको चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरको बरन्डामा बसेका बेला बिहान ७ बजेतिर चट्याङ लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता सिद्धराज न्यौपानेले जनाएका छन् ।

यस्तै मृतकका १८ वर्षीय छोरा लालसिंह महरा चट्याङ लागेर घाइते भएका छन् । उनको महाकाली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।