रो’नाल्डोले हात पारे इएसपिवाई अ’वार्ड

No Images Found

एजेन्सी : पोर्चुगल तथा युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डोले इएसपिवाई अवार्ड अन्तर्गत सन् २०२१ को उत्कृष्ट पुरुष खेलाडी बन्दै ‘बेस्ट इन्टरनेसनल एथ्लेट अवार्ड’ हात पारेका छन् ।

रोनाल्डोले केलियन एम्बाप्पे, लियोनल मेस्सी र मोहम्मद सलाहलाई पछि पार्दै इएसपिवाई अवार्ड जितेका हुन् । महिलातर्फको यो अवार्ड अमेरिका तथा म्यानचेस्टर सिटीकी मिडफिल्डर साम मेविसले हात पारेकि छन् ।

अमेरिकाको टेलिभिजन नेटवर्क एबिसी र इएसपिएनले हरेक वर्ष विभिन्न विधामा यो अवार्ड प्रदान गर्दै आएका छन् । फर्मुला वान ड्राइभर लेविस ह्यामिल्टनले बेस्ट ड्राइभरको अवार्ड हात पर्दा टेनिसको पुरुष तर्फ नोभाक जोकोभिच र महिलातर्फ नाओमी ओसाका उत्कृष्ट चुनिएका छन् ।

टाइसन फुरेले बेस्ट बक्सरको अवार्ड हात पार्दा म्यानचेस्टर युनाइटेडका इङ्ग्लिस स्ट्राइकर मार्कस रासफोर्डले प्याट टेलिमन सामाजिक सेवा अवार्ड जितेका छन् ।