ह्युमपाइपभित्र माछा मा’र्न पसेका एक यु’वक बे*पत्ता

No Images Found

काठमाडौं : चितवनमा माछा मार्न ह्युमपाइपभित्र पसेका एक युवा बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार भरतपुर महानगरपालिका–३ बाह्रघरेका ३५ वर्षीय लालबहादुर श्रेष्ठ बेपत्ता भएका हुन् ।

श्रेष्ठ सडक किनारबाट नारायणी किनारमा ढल निकासका लागि जमिनमुनि गाडिएको ह्युमपाइपभित्र माछा मार्न आज बिहान ९ः३० बजे पसेका थिए ।

ह्युमपाइपभित्र पसेका श्रेष्ठ नफर्किएपछि उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।