आ’फ्नै घरमा २० वर्षीया यु’वतीको शं’कास्पद मृ*त्यु

No Images Found

काठमाडौं : धनुषामा एक युवतीको शव भेटिएको छ । धनुषाको बटेश्वर गाउँपालिका वडा नम्बर २ स्थित भुचक्रपुर कहचरीटोल बस्ने २० वर्षीया रञ्जु महतोको शंकास्पद मृत्यु भएको हो ।

आइतबार साँझ आफ्नै घरमा मृत अवस्थामा नवविवाहिता अञ्जुको शव फेला परेको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक तिलक सुनारले जानकारी दिएका छन् ।

उनले आइतबार साँझ ७ बजे ओछयानमै मृत अवस्थामा अञ्जुको शव फेला परेको र घाँटीमा झुण्डेर आत्महत्या गरेको जस्तो डाम देखिएको भन्दै मृत्यु शंकास्पद रहेको समेत बताएका छन् । प्रहरी निरीक्षक सुनारले पोस्टमार्टम रिपोर्टपछि मृत्युबारे स्पष्ट हुने बताएका छन् ।

अञ्जुको शवलाई सोमबार बिहान पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर ल्याएको छ भने घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ ।

अञ्जुको विवाह गएको फागुन २० गते समाजिक परम्परा अनुसार रामवृक्ष महतोसंग भएको थियो ।