नेपालसहित विपक्षी ५ दलका शीर्ष नेताहरू बैठक ब’स्दै

No Images Found

काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित विपक्षी ५ दलका शीर्ष नेताहरू बैठक बस्दै छन्।

सर्वोच्च अदालतले आज प्रतिनिधि सभा पुनर्स्थापना गरिदिएको र कांग्रेस सभापति शेरबहादुर देउवालाई दुई दिनभित्र प्रधानमन्त्री बनाउन परमादेश दिएपछि विपक्षी गठबन्धनका नेताहरू छलफलमा जुट्न लागेका हुन्।

‘माधवजीसमेत ५ दलको बैठक बस्ने निर्णय गरिसकेका छौं,’ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जानकारी गराए, ‘हामी बैठक गरेर गठबन्धनलाई नै सुदृढ गर्ने गरी जान्छौं।’