थप २३९८ मा सं’क्रमण पुष्टि, १२ जनाको मृ’त्यु काठमाडौंमा सबैभन्दा धेरै थपिए

No Images Found

काठमाडौं : नेपालमा मंगलबार २ हजार ३९८ जना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा ११ हजार १२ जनाको नमुना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्।

जसमध्ये ७ हजार ५८ को पिसिआर परीक्षण गर्दा १ हजार ६३९ जनामा पोजेटिभ देखिएको हो भने ३ हजार ९५४ जनाको एन्टिजेन परीक्षणका क्रममा ७५९ जनामा पोजेटिभ देखिएको हो।

संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ। यीसहित मृत्यु हुनेको संख्या ९ हजार ४१२ पुगेको छ। २ हजार ७८ जना कोरोनाबाट मुक्त भएका छन्।

आज थपिने संक्रमितमा सबैभन्दा धेरै काठमाडौंमा ४१० जना र उपत्यका बाहिर झापामा १४८ जना संक्रमित थपिएका छन् । त्यस्तै सुनसरीमा १११, र कास्कीमा १४६ जना संक्रमित थपिएका छन् । त्यस्तै ललितपुरमा ९७, भक्तपुरमा ८०, नुवकोट ६०, चितवनमा ५३ र मोरङमा ६० जना संक्रमित थपिएका छन् ।

यीबाहेक अन्य जिल्लामा थपिने संक्रमितको संख्या ५० भन्दा कम रहेको छ ।