बागलुङमा अटो दु’र्घटना हुँदा पाँ’चजना घाइते, सबैको अ’वस्था म’ध्यम

No Images Found

बागलुङ : बागलुङमा अटो रिक्सा दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।

मंगलबार दिउँसो बागलुङ नगरपालिका वडा नम्बर १ स्थित भुपिशेरचन राजमार्गमा मालढुङ्गातर्फ गइरहेको अटो रिक्सा पल्टिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

बागलुङ बजारबाट मालढुङ्गातर्फ जाँदै गएको ध १ ह २ नम्बरको अटोरिक्सा पल्टिन पुग्दा दुर्घटना भएको हो । दुर्घटनामा चालक बागलुङ नगरपालिका वडा नम्बर ३ गुठी बस्ने ५८ वर्षीय दल बहादुर रुचालको टाउकोमा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको छ ।

घातेको धौलागिरि अस्पतालमा उपचार भैरहेको र उनीहरुको सबैको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।