बैंकिङ कसुर मुद्दामा फ’रार दुई अभि’युक्त प’क्राउ

No Images Found

काठमाडौं :प्रहरीले बैंकिङ कसुर मुद्दामा फरार दुई जना प्रतिवादीलाई पक्राउ गरेको छ।

प्रहरी उपरीक्षक श्यामकुमार महतोका अनुसार केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको टोलीले आइतबार दुई जना फरार प्रतिवादीलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर ४ घर भई काठमाडौंको थापागाउँ बस्ने ४९ वर्षीय गणेशमान श्रेष्ठ र काठमाडौंको शान्तिनगर बस्ने ६३ वर्षीय महेन्द्रप्रसाद मिश्र रहेका छन् ।

उच्च अदालत पाटनले बैंकिङ कसुरको मुद्दामा श्रेष्ठलाई १५ दिन कैद सजाय, ५५ लाख जरिवाना र मिश्रलाई ७ दिन कैद, ५५ लाख जरिवाना सजाय सुनाएको थियो।

श्रेष्ठविरूद्ध सहारा राणाले जाहेरी दिएपछि अदालतले गत फागुन ४ गते सजाय सुनाएको प्रहरी उपरीक्षक महतोले बताएका छन्। त्यस्तै, मिश्रविरूद्ध डोमा याङ्छेनको जाहेरपछि अदालतले २०७६ मंसिर २२ गते सजाय सुनाएको थियो।

त्यसदिनदेखि फरार रहेका उनीहरूको सजाय कार्यान्वयनको लागि ब्युरोको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीले उनीहरूलाई फैसला कार्यान्वयनको लागि पठाएको छ।