सेल्फी लिँने क्रममा च’टयाङ लागेर ११ जनाको मृ’त्यु

No Images Found

एजेन्सी : उत्तरी भारतको जयपुरमा अचानक चट्याङ पर्दा कम्तिमा ११ जना मानिसको ज्यान जानुका साथै अन्य थुप्रै घाइते भएका छन् ।

जयपुरस्थित पर्यटक आकर्षण स्थल मानिने बाह्रौं शताब्दीको आमेर किल्लाको टावरमा बसेर पानी परिरहेकाअवस्थामा सेल्फी खिचेर रमाइरहेकाहरूको चट्याङका कारण मृत्यु भएको प्रहरीले पुष्टि गरेको हो।

सो दुर्घटना हुँदा टावरमा कुल २७ व्यक्ति रहेको र केही त्यहाँबाट तल जमिनतर्फ हामफालेको बताइएको छ । प्रत्येक वर्ष भारतमा औसतमा करिब दुई हजार व्यक्तिले चट्याङका कारण ज्यान गुमाउने गरेको सरकारी तथ्यांकमा उल्लेख गरिएको छ ।

एक जना वरिष्ठ प्रहरी अधिकारीका अनुसार मारिनेमध्ये अधिकांश युवा–युवती भएको सञ्चारमाध्यमलाई जानकारी गराइएको । आइतबार मात्र भारतको राजस्थानमा अन्य नौ जनाको पनि चट्याङमा परेर ज्यान गएको थियो । जयपुर पनि यही राज्यभित्र पर्दछ ।

यस राज्यका मुख्यमन्त्री अशोक गेहलोटले प्रत्येक मृतकका परिवारलाई क्षतिपूर्तिस्वरूप पाँच लाख भारतीय रुपियाँ दिने निर्णय गरेका छन् । भारतमा मनसुन यामको भीषण वर्षा प्रायशः जुनदेखि सेप्टेम्बरसम्म सक्रिय रहने गर्दछ । भारतीय मौसम तथा जलवायु विज्ञान विभागले ६० को दशकको तुलनामा चटयाङका कारण मर्नेको संख्या दोब्बर भएको जनाएको छ ।