पोखराका मेयरलाई मस्तिष्कघात, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

No Images Found

काठमाडौं : पोखरा महानगरका मेयर मानबहादुर जिसीलाई मस्तिष्क घात भएको छ। शुक्रबार बिहान मस्तिष्क घात भएपछि उनलाई उपचारका लाथि काठमाडौं ल्याइँदै छ ।

उनलाई हेलिकप्टरबाट काठमाडौंको न्यूरो अस्पतालमा ल्याउने तयारी भइरहेको उनका प्रेस संयोजक माधव बरालले जानकारी दिएका छन् ।

उनलाई पोखराकै मणिपाल शिक्षण अस्पताल लगिएको थियो। बरालका अनुसार उनको स्वास्थ्य जटिल भने छैन । नसामा रगत रोकिएका कारण शरीरको देब्रे भाग चलाउन समस्या भइरहेको छ । जिसीलाई उच्च रक्तचापको समस्या थियो ।