७७ किलो गाँजासहित एक जना पक्राउ

No Images Found

काठमाडौं : प्रहरीले सर्लाहीमा ७७ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ । जिल्लाको हरिवन नगरपालिका-२ का करिब ३० वर्षीय अशोककुमार लामालाई बिहीबार साँझ पक्राउ गरेको हो ।

हरिवन-२ को अन्नौली खोलामा प्रहरीले बा ५२ प १९३२ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा प्लास्टिकको बोरामा ७७ किलो गाँजा भेटिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । लामासँगै रहेका अन्य तीन जना भने फरार भएका छन् । फरारको खोजी भइरहेको प्रहरीले बताएको छ ।

पक्राउ परेका लामालाई आवश्यक कारबाहीका लागि ईलाका प्रहरी कार्यालय हरिवनमा राखिएको छ ।