सुनको मूल्य तोलाको कति?

No Images Found

काठमाडौं : नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

प्रति तोलामा ६०० रुपैयाँले घटी ९२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुनको मूल्य ९३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजावी सुनको मूल्य प्रति तोला ९२ हजार १०० रुपैयाँ रहेको छ । सुनको मूल्यसँगै चाँदीको मूल्य पनि घटेको छ । प्रति तोलामा २५ रुपैयाँले घटी एक हजार २९५ रुपैयाँमा कारोबार भइरहेको छ ।