उपत्यकामा थप ४७४ जनामा कोरोना संक्रमण, काठमाडौंमा थपिए सबै भन्दा धेरै

No Images Found

काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४७४ जना कोभिड संक्रमित थपिएका छन् ।

काठमाडौंमा ३३०, भक्तपुरमा ८८ र ललितपुरमा ५६ जना संक्रमित थपिएका हुन् । योसँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ७ हजार ९५ पुगेको छ ।

आज देशभर २३ हजार ३३४ जना संस्थागत आइसोलेसनमा २ हजार ५०३ आइसीयुमा ५६४ र भेन्टिलेटरमा १५५ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।