आज सुनको मूल्य कति ?

No Images Found

काठमाडौं : मंगलबार सुनको मूल्य चार सयले बढेर तोलाको ९३ हजार दुई सय पुगेको छ। अघिल्लो दिन सुन ९२ हजार ८ सयमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य १० रुपैयाँले घटेर १२ सय ८० रुपैयाँमा कायम रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबार चाँदी १२ सय ९० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय १६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।