बँदेलको मासुसहित दाङमा पाँचजना पक्राउ

No Images Found

बुटवल : बँदेलको मासुसहित दाङमा पाँचजना पक्राउ परेका छन् । जंगली बँदेल काटेको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।

मंगलबार बँदेलको मासु काटेर भाग लगाउँदै गरेको अवस्थामा डिभिजन वन कार्यालय र प्रहरीको संयुक्त टोलीले पाँचजनालाई २१ किलोभन्दा बढी मासुसहित पक्राउ गरिएको डिभिजन वन कार्यालय दाङले जनाएको छ ।

पक्राउ पर्नेहरुमा घोराही उपमहानगरपालिका वडा नम्बर–४, भकारेका स्थानीय बोधिप्रसाद खत्री, श्रीराम थापा, रुद्रबहादुर रोका वीरबहादुर रोका र कौशिला गुरुङ रहेको सब डिभिवन वन कार्यालय सुनपुरका प्रमुख सहायक वन अधिकृत विष्णुप्रसाद लामिछानेले जानकारी दिएका छन् ।

घटनाबारे सूचना पाएपछि सहायक वन अधिकृत लामिछाने र सिद्धान्त बराल तथा प्रहरीचौकी गोग्लीबाट गएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।