एकै दिनमा ह्वात्तै घट्यो सुनको मुल्य

No Images Found

काठमाडौं : नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज नेपाली बजारमा छापावाल सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा छापावाल सुन प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो यसको मूल्य ९३ हजार २ सय रुपैयाँ रहेको थियो ।

यस्तै, आज तेजाबी सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार हिजो तेजाबी सुन प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि आज घटेको छ । नेपाली बजारमा आज चाँदी तोलामा २० रुपैयाँले घटेर १ हजार २६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।