सोनियाले पहिलो खेल रुसकी इरिनासँग खेल्ने

No Images Found

काठमाडौं : जुडो खेलाडी सोनिया भट्टले टोकियो ओलम्पिकअन्तर्गत आफ्नो पहिलो खेलमा रुसी खेलाडी डोल्गोभा इरिनासँग प्रतिस्पर्धा गर्ने भएकी छिन् ।

सोनियाले टोकियो ओलम्पिकको पहिलो चरणमा डोल्गोभासँग खेल्ने भएकी हुन् । बिहीबार सार्वजनिक खेल तालिका अनुसार सोनियाले पहिलो खेलमा बलियो खेलाडी प्रतिद्वन्द्वी पाएकी छन् । उनले महिला ४८ केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछिन् ।

जुलाई २४ मा सोनियाले पहिलो खेल खेल्नेछिन् । सोनिया नेपालमा आयोजना भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग)की कास्यपदकधारी खेलाडी हुन् । सोनियासँग खेल्न लागेकी इरिना विश्व वरीयताको नवौँ स्थानमा छिन् ।