आइतबार सुनको मूल्यमा सामान्य गिरावट

No Images Found

काठमाडौं : आइतबार  सुनको भाउ तोलामा १००  रुपैयाँले घटेको छ ।  


आइतबार प्रतितोला ९२ हजार  रुपैयाँमा कारोबार भएको छापावाल सुन गत शुक्राबार भने ९२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । छापावाल सुनमा १०० रुपैँयाले गिरावट आएको छ ।
 

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्य अनुसार आज तेजावी सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार हुनेछ । गत शुक्रबार यो सुनको मूल्य ९१ हजार ६०० रुपैँया थियो । 

यता, चाँदीको भाउ भने  तोलामा १० रुपैयाँले घटेको छ । गत शुक्रबार  एक हजार २८० रुपैयाँमा कारोबार भएको चाँदी आज भने एक हजार २७० रुपैयाँमा कारोबार हुनेछ ।