बार्सिलोनाको शानदार जित

No Images Found

काठमाडौं : मैत्रीपूर्ण खेलमा बार्सिलोनाले जिरोनालाई सहजै हराएको छ । प्रि-सिजन अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले जिरोनालाई ३-१ गोलले हराएको हो ।

२१औँ मिनेटमा कप्तान जेरार्ड पिकेले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई १-० गोलको अग्रता दिलाएका थिए । २४औँ मिनेटमा रे मानाजले गोल गर्दै बार्सिलोनालाई २-० को अग्रता दिलाए ।

४२औँ मिनेटमा सामु सैजले पेनाल्टीमा गोल गर्दै जिरोनालाई २-१ को स्थितिमा ल्याए । ८५औँ मिनेटमा मेम्फिस डिपेले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई ३-१ को जित दिलाए । एजेन्सी