आफ्नै छोराको कुटाइबाट वृद्ध बाबुको मृत्यु

No Images Found

काठमाडौं : इलाममा आफ्नै छोराको कुटाइबाट एक वृद्धको मृत्यु भएको छ । इलामको देउमाई नगरपालिका– २ स्थित पुङफुङका ८५ वर्षीय टेकबहादुर मुखियाको आफ्नै छोराको कुटाइबाट मृत्यु भएको हो ।

यही साउन ७ गते ३४ वर्षीय गिर्जमान मुखियाले घरायसी विवादका कारण बुबालाई कुटपिट गरी घाइते बनाएका थिए । घाइतेको बिर्तासिटी अस्पताल बिर्तामोडबाट उपचार हुन नसकी घरतर्फ फिर्ता ल्याउने क्रममा आइतबार राति मृत्यु भएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालयले कुटपिट गर्ने गिर्जमानलाई पक्राउ गरी अनुसन्धान तथा कानूनी कारवाही प्रक्रिया अगाडि बढाएको जनाएको छ ।