उपत्यकामा एकैदिन हजार संक्रमित थपिए, कुन जिल्लामा कति ?

No Images Found

काठमाडौं : आज उपत्यकामा ९९९ जनामा कोरोना देखिएको छ। अघिल्लो दिन आइतबार ६३४ जनामा कोरोना पुष्टि भएको थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार त्यस्तै, काठमाडौंमा मात्रै ६७७ जनामा कोरोना देखिएको छ। आइतबार ४६८ जनामा कोरोना देखिएको थियो। योसँगै काठमाडौंमा सक्रिय संक्रमितको संख्या पाँच हजार ९१० पुगेको छ।

आज ललितपुरमा १९७ जनामा संक्रमण पुष्टि भएको छ। आइतबार ८९ जनामा कोरोना देखिएको थियो। योसँगै ललितपुरमा पनि सक्रिय संक्रमितको संख्या एक हजार १६३ पुगेको छ।

यसैगरी, आज भक्तपुरमा १२५ जनामा संक्रमण देखिएको छ। आइतबार ६७ जनामा मात्रै संक्रमित देखिएको थियो। भक्तपुरमा ९३६ जना सक्रिय संक्रमित पुगेका छन्।

आज उपत्यका बाहिरका चार जिल्लामा पनि सयभन्दा बढी संक्रमित थपिएका छन्। झापामा ३१४, मोरङमा १२०, सुनसरीमा १०६ र नवलपरासी ९पूर्व०मा १०५ जनामा कोरोना देखिएको छ।

आइतबारको तुलनामा देशभर पनि संक्रमितको संख्या बढेको छ। सक्रिय संक्रमित पनि २७ हजार ९०८ पुगेको छ।