सोमवार सुनको मूल्यमा वृद्धि, चाँदीको भाउ भने स्थिर

No Images Found

काठमाडौं : नेपाली बजारमा सोमवार सुनको मूल्य बढेको छ । स्थानीय बजारमा अघिल्लो कारोबार दिन अर्थात् आइतवार रू. १०० ले घटेको सुनको भाउ सोमवार सोही अंकले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार छापावाला सुन प्रतितोला रू. ९२ हजार १०० मा कारोबार भएको छ । आइतवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९२ हजारमा कारोबार भएको थियो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९१ हजार ६०० मा कारोबार भएको छ । आइतवार तेजाबी सुन प्रतितोला रू. ९१ हजार ५०० मा कारोबार भएको थियो ।

यस्तै, सोमवार चाँदीको मूल्य स्थिर रहेको छ । आइतवार प्रतितोला रू. १ हजार २७० मा कारोबार भएको चाँदी सोमवार पनि सोही मूल्यमा किनबेच भइरहेको महासंघकाले जनाएको छ ।