कतारमा आकर्षक तलबसहित ९८ कामदारको माग

No Images Found

काठमाडौं कतारमा ९८ जना नेपाली कामदारको माग गरेको छ । AL WATHAB TRADING AND CONTRACTING कम्पनीले ९८ जना  नेपाली पुरुष कामदारको माग गरेको हो । 

त्यहा जानको लागि न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । तलब खान बस्न सहित ४२ हजार देखि १लाख ३६ हजार भन्दा माथि हुनेछ । इच्छुक कामदारले  Prayas Re-employment Consultant Pvt.Ltd काठमाडौमा साउन १८ गते अन्तरवार्ता दिनु पर्ने छ । 

स्वदेशमा हुने मेडिकलको खर्च र स्वदेशमा हुने बिमा खर्च,भिषा स्ट्याम्पीङ शुल्क,विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च,भिसा शुल्क र हवाई टिकट रोजगारदाताले नै बेहोर्ने कम्पनीको विज्ञापनमा उल्लेख गरिएको छ ।