उपत्यकामा थप ८६० जनामा संक्रमण, सबै भन्दा धेरै काठमाडौंमा

No Images Found

काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ८६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ५९७, भक्तपुरमा १०८ र ललितपुरमा १५५ जनामा कोरोना पुष्टि भएको हो।

यस्तै पछिल्लो चौबीस घन्टामा देशभर थप ३ हजार ३६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १६ जनाको मृत्यु भएको छ।

देशभर हालसम्म ३० हजार ३९० जना सक्रिय संक्रमित छन्। बिहीबार १ हजार ३७३ संक्रमणमुक्त भएका छन्।