रिदी हाइड्रोपावरको शेयरमुल्यमा उच्च वृद्धि, खरिदकर्ताको पनि चाप

No Images Found

काठमाडौं : कारोबार साताको अन्तिम दिन (बिहीबार) रिदी हाइड्रोपावर कम्पनीको शेयरमुल्यमा उच्च वृद्धि भएको छ ।

आज कम्पनीको शेयरमुल्य ९.२० प्रतिशतले वृद्धि भएको छ । आज कम्पनीको शेयर कारोबार ६६३ रुपैंयाबाट सुरु भएको छ । यस्तै, कम्पनीको शेयरमुल्य ६१ अंकले उकालो लाग्दै प्रतिकित्ताको मुल्य ७२४ रुपैंयामा पुगेको छ ।

मार्केट डेपमा कम्पनीको १ लाख ६३ हजार ३३० कित्ता शेयर खरिदमाग भएको छ भने ३२ हजार ९२२ कित्ता शेयर बिक्रीमाग भएको छ ।