कर्णाली नदीमा स्कारपियो खस्दा दुई जना बेपत्ता

No Images Found

काठमाडौं : कैलालीको चिसापानीस्थित कर्णाली नदीमा स्कोरपियो गाडी खस्दा दुईजना बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक विश्व अधिकारी दिएको जानकारी अनुसार पाँचजना सवार रहेको स्कोरपियो नदीमा खस्दा दुईजना बेपत्ता भएका हुन् ।

बेपत्ता भएकाहरूको खोजी कार्य जारी रहेको प्रहरी उपरीक्षक विश्व अधिकारीले बताएका छन् । हराउनेको पहिचान भने खुल्न नसकेको प्रहरीले बताएको छ ।