लागुऔषधसहित कञ्चनपुरमा १ जना पक्राउ

No Images Found

काठमाडौं कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाबाट आईतवार लागुऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत ईलाका प्रहरी कार्यालय दोधाराबाट खटिएको प्रहरी टोलीले दोधारा चाँदनी नगरपालिका वडा वम्बर ३ शान्तिटोल नजिकबाट सोही ठाउँका ३२ बर्षिय बीरसिंह डाँगालाई पक्राउ गरेको हो।

३२ बर्षका बीरसिंह डाँगाले चलाएको UK 06V9877 नं. को मोटरसाइललाई शंका लागी चेकजाँच गर्दा डाँगीको साथबाट ५०० ग्राम चरेश जस्तो देखिने कालो अर्धठोस पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ परेका डाँगालाई मोटर साइकल सहित पक्राउ गरी कानुन बमोजिम थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।