सुन चाँदीको मूल्य घट्यो

No Images Found

काठमाडौं : नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य गिरावट आएको छ ।

आइतबार प्रतितोला छापावाला सुनको मूल्य ९० हजार रहेको थियो । त्यस्तै आज १ हजार रुपैयाँले घटेर सुनको मूल्य ८९ हजार कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि शुक्रबार ९१ हजार ५ सय रहेको सुनको मूल्य आइतबार एकै पटक तोलामा १ हजार ५ सयले गिरावट आएको थियो ।

त्यसैगरी आज प्रतितोला तेजावी सुनको मूल्य ८८ हजार ५ सय ५० रहेको छ ।

आइतबारको तुलनामा सोमबार चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले गिरावट आएको छ । आइतबार चाँदीको मूल्य १२ सय ४० रहेकोमा आज मूल्य गिरावट आइ १२ सय १५ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ ।