भारत–इङ्ल्यान्डलाई आईसीसीले तिरायो जरिबाना, काट्यो २/२ अङ्क पनि

No Images Found

एजेन्सी : विश्व टेस्ट च्याम्पियनशिप अन्तर्गत भारत र इङ्ल्यान्डले ‘स्लो ओभर रेट’ अर्थात् ओभर ढिलो गरेपछि अङ्क घटाइएको छ ।

गएको बुधवारदेखि आइतवारसम्म भएको च्याम्पियनशिप अन्तर्गतको खेल वर्षाका कारण बराबरीमा रोकिएको थियो । खेल बराबरीमा रोकिएपछि दुवै टोलीले चाररचार अङ्क पाउने भए पनि ढिलो ओभर खेलेको भन्दै दुई/दुई अङ्कमात्रै पाउने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले जनाएको छ ।

दुवै टोलीलाई म्याच रेफ्रीले यसअघि नै म्याच फी को ४० प्रतिशतका दरले जरिबाना गरिसकेका छन् । यसअघि सन् २०२० मा भारतसँगको खेलका क्रममा पनि ढिलो ओभर बलिङ गरेको भन्दै अस्ट्रेलियाको दुई अङ्क घटाइएको थियो ।

दुवै टोलीले तीव्र गतिका बलर रोजेका कारण ओभर ढिलो सकिएको हो । इङ्ल्यान्डले चार जना तीव्र गतिका बलर रोजेको थियो र एक जना पनि स्पिनर थिएनन् । भारतले स्पिन बलर रवीन्द्र जडेजालाई खेलाए पनि दुई सय ५० ओभर दुई बलमा उनले १६ ओभर मात्र गरे ।