रेलवे कम्पनीका महाप्रबन्धक भट्टराईले राजीनामा दिए (पत्रसहित)

No Images Found

काठमाडौं : नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले राजीनामा दिएका छन् ।

उनले आफूले रेल सञ्चालनका लागि पूर्वतयारीका काम गरिरहेका बेला सरकारले बर्खास्त गर्ने उद्देश्यले स्पष्टीकरण सोधेको भन्दै त्यसको जवाफ नदिई राजीनामा घोषणा गरेका हुन् ।

साथै उनले अहिलेको सरकारलाई विकास विरोधी र जनविरोधी भन्दै यस्तो सरकार अन्तर्गत गरेर पदीय जिम्मेवारी निभाउन नसकिने भन्दै राजीनामा दिने घोषणा गरेका हुन् ।

भट्टराइले आफ्नो राजीनामा पत्रमा गठबन्धन सरकार र तिनका नेताहरुले पदीय जिम्मेवारीभन्दा बाहिर गएर असान्दर्भिक विषय जोड्दै मौलिक हक र वाकस्वतन्त्रता कुण्ठित गर्ने ढंगले आफुलाई सफाइ पेश गर्न निर्देशन दिएकाले राजीनामा गरेको बताएका छन् ।

देउवा नेतृत्वको सरकारले भट्टराईलाई गत साउन १९ गते स्पष्टिकरण सोधेको थियो ।

हेर्नुहोस् राजीनामा पत्र