भक्तपुरको एक गेष्टहाउसमा बम फेला

No Images Found

काठमाडौं : भक्तपुरको एक गेष्ट हाउसमा होक्स बम फेला परेको छ । घटनामा संग्लन एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मध्यपुर ठिमी नगरपालिका वडा नं. ४ मा शिवशरण भुजुले संचालन गरेको दिब्येश्वरी गेष्ट हाउसको पहिलो तलाको एउटा कोठामा पुरानो कुकरमा नाङ्गो तार जडान गरी तौलियाले ढाकेको अवस्थामा शंकास्पद् वस्तु फेला परेको थियो ।

गेष्ट हाउसको ११० नं. को कोठामा बुद्ध चित्रको माला बेच्न बसेको काभ्रेपलाञ्चोक जिल्ला तेमाल गाउँपालिका वडा नं. २ डाडाँगाउ स्थायी घर भएका वर्ष ३२ का नबिन तामाङ पक्राउ परेका छन् ।