भारतको असममा सात ट्रकमाथि भिषण आगजनी, पाँच ड्राइभर जिउँदै जले

No Images Found

एजेन्सी : भारतको असमको दीमा हसाओ जिल्लामा दियुंगबरा नजिकै अज्ञात मानिसहरुले सात ट्रकमाथि आगजनी गरेका छन् ।

आगजनीमा परेर पाँचजना ट्रक ड्राइभरको जलेर मृत्यु भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । असम पुलिसले यो घटनाको पछाडि उग्रवादी समूह दिमासा नेशनल लिबरेशन आर्मी (DNLA) को हात रहेको बताएको छ।

जिल्लाका एसपीले भने कि घटना पछि क्षेत्रमा व्यापक खोजी अभियान चलिरहेको छ । असम राइफल्स को सहयोग बदमासीहरु लाई पक्रनका लागि लगिएको छ ।