हँसिया र बाँसको लठ्ठी प्रयोग गरी श्रीमानको ह’त्या

No Images Found

दाङ : प्रहरीले श्रीमानको हत्या गरेको अभियोगमा दाङको तुलसीपुरबाट एक महिलालाई पक्राउ गरेको छ । ७८ वर्षीय श्रीमान् खिमलाल पुरीको हत्या गरेको अभियोगमा तुलसीपुर उपमहानगरपालिका–३ की ५६ वर्षीया देवीकुमारी योगीलाई प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक श्याम अर्यालका अनुसार आइतबार बिहान ३ बजेतिर घरायसी विवाद हुँदा श्रीमानलाई हँसिया र बाँसको लठ्ठी प्रयोग गरी हत्या गरेको देवीकुमारीले प्रहरी समक्ष बयान दिएकी छन् ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।