अनुमतिबिना एसिड बेच्ने तीन जना प’क्राउ

No Images Found

काठमाडौं : पोखरामा अनुमतिबिना एसिडको ओसार पसार तथा बेचबिखन गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जीप चालक चितवन भरतपुर महानगरपालिका–४ बेलचोक बस्ने बारा जितपुर सिमरा उपमहानगरपालिका–१५ स्थायी घर भएका १९ वर्षीय मिन बहादुर भारती, सोही जीपमा सवार चितवन भरतपुर महानगरपालिका–२ बस्ने मोरङ बिराटनगर महानगरपालिका–२ घर भएका २९ वर्षीय केशब सिंह र अभिषेक औजार पसलका संचालक पोखरा महानगरपालिका–२ मोहोरिया टोल बस्ने बाग्लुङ, बाग्लुङ नगरपालिका–७ ढिकीचौर घर भएका ६३ वर्षीय बल बहादुर बिक छन् ।

पोखरा महानगरपालिका–४ गैह्रापाटनस्थित ग.३.च ११४३ नम्बरको जीपमा सिलबन्दी तथा लेवलिङ नलगाएको १ हजार केजी एसिड र सोही महानगरपालिका–२ मौरिया टोलस्थित अभिषेक औजार पसलबाट सिलबन्दी र लेबलिङ नलगाई बेच्नको लागि राखिएको ३ सय ५० केजी एसिड प्रहरीले बरामद गरेका हो । पोखरामा अनुमतिबिना एसिडको ओसार पसार तथा बेचबिखन भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले निगरानी तथा अनुगमन गर्ने क्रममा उक्त परिमाणको एसिड बरामद गरी उनीहरुलाई पक्राउ गरेको हो । उनीहरु उपर तेजाब तथा अन्य घातक रासायनिक पदार्थ ९नियमन० अध्यादेश, २०७७ बमोजिम मुद्दा दर्ता गरी थप अनुसन्धान प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।