गोरु काटेको अभियोगमा ३ जना पक्राउ

No Images Found

काठमाडौं : स्याङ्जामा जिउँदो गोरु काटेको आरोपमा प्रहरीले तीनजना पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भीरकोट नगरपालिका ८ ढापुकफेदीका नैन सिंह गुरुङ, हुमप्रसाद गुरुङ र खेम गुरुङ रहेका छन्।

आइतबार राति १ बजेतिर मासु खाने प्रयोजनका लागि जिउँदो गोरु काट्दै गरेको अवस्थामा उनीहरु पक्राउ परेको प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिएका छन्। गोरु काटेर भागबण्डा लगाउँदै गरेको अवस्थामा प्रहरीले ३ जनालाई पक्राउ गरेको जनाएको छ।

उनीहरुका साथबाट २ वटा चक्कु पनि नियन्त्रणमा लिइएको छ। आरोपित ३ जनालाई पशुपंक्षीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अदालतबाट ७ दिनको म्याद थप भएको छ।