जुवातास खेलिरहेको अवस्थामा २१ जना प’क्राउ

No Images Found

काठमाडौं : प्रहरीले काठमाडौं महानगरपालिका–१६, बालाजु, हिलेटोल बस्ने भारत, मोतिहारी घर भएका ३४ वर्षीय लालबाबु गुप्ताको टहरोमा तास खेलिरहेको अवस्थामा गुप्तासहित सातजनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरुलाई नगद एक लाख ३१ हजार रुपैयाँ र एक बुक ताससहित पक्राउ गरेको हो । यस्तै, नवलपरासी (पूर्व), देवचुली नगरपालिका–१७ स्थित मणिराम महतोको कुमारवर्ती होटेलमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३६ वर्षीय कमल महतोसहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई नगद एक लाख ५० हजार ८५० रुपैयाँ र तीन बुक ताससहित पक्राउ गरेको हो ।

उता, तनहुँको व्यास नगरपालिका–४ बस्ने मीनबहादुर गुरुङको घरमा तास खेलिरहेको अवस्थामा गुरूङसहित नौजनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनीहरुलाई नगद दुई लाख ३८ हजार ४० रुपैयाँ र चार बुक ताससहित पक्राउ गरेको जनाइएको छ ।