सरकारले परिस्थिति हेरेर कालापानी, लिरिमपयाधुरा र लिपुलेकमा पनि जनगनणा गर्ने

No Images Found

काठमाडौं : केन्द्रीय तथ्याङ्क विभागले परिस्थिति हेरेर कालापानी, लिम्पियाधुरा र लिपुलेकमा पनि जनगणना गर्ने जनाएको छ ।

बुधबार केन्द्रीय कार्यालय थापाथलीमा पत्रकार सम्मेलन गर्दै राष्ट्रिय जनगणना २०७८ को नयाँ कार्यसूची सार्वजनिक गर्दै विभागले यस्तो बताएको हो ।

नेपाल–भारत विवादित कालापानी, लिम्पियाधुरा र लिपुलेकमा जनगणना गर्ने कि नगर्ने ? गर्ने भए कसरी र नगर्ने भए किन ? भन्ने प्रश्नमा विभागका महानिर्देशक नेबिललाल श्रेष्ठले अहिले नै सो क्षेत्रको बारेमा विभाग निर्णयमा पुगिनसकेको तर सोही क्षेत्रको स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारसँगको छलफलबाट एउटा निर्णयमा पुग्ने बताएका छन् ।