श्रीमानको ह’त्या आरोपमा श्रीमती पक्राउ

No Images Found

दाङ : आफ्नै पतिको हत्या गरेको आरोपमा एक महिला पक्राउ परेकी छन्।

५० वर्षीय छविनारायण चौधरीको हत्या गरेको आरोपमा घोराही उपमहानगरपालिका–९ मछै बस्ने ५८ वर्षीया मनसरा घर्तीलाई बिहीबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ।

छविनारायण चौधरी आफ्नै घरमा मृत अवस्थामा फेला परेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले सम्पत्तिको बिषयमा विवाद हुँदा मनसराले घाँटी थिचेर पतिको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको जनाएको छ ।

हत्याबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।