बजारमा आयो बियर भन्दा कडा मदिरा

No Images Found

काठमाडौं : दशैंलाई मध्यजनर गर्दै नेपाली बजारमा सुर्य ब्लेडर प्रालिले आफ्नो उत्पादन बजारमा सार्वजनिक गरेको छ। एरो स्ट्रोङ नामक मदिरा सुर्य ब्लेडर प्रालिले बजारमा ल्याएको हो।

यो मदिरा उच्चस्तरिय ग्रेन स्प्रीट र शुद्धपानीको मिश्रणबाट बनेको कम्पनीले दाबी गरेको छ। यो मदिरामा १७ दशमलव ११ प्रतिशत अल्कोहलको भोलुम छ। सुर्य ब्लेडर प्रालि तनहुँमा संचालित छ ।

यसमा पानी तथा केही नमिसाइ पिउन मिल्ने संचालक पुजन लाल श्रेष्ठले जानकारी दिएका छन्। यो मदिरा बियर भन्दा कडा र अन्य ह्विस्की, रम भन्दा नरम स्वादको रहेको उनले बताएका छन् ।