ठूलो स्वरमा डिजे र लाउडस्पिकर बजाउन निषेध

अबदेखि बाँके को सदरमुकाम लगायतक विभिन्न ठाउँ हरुमा चर्को स्वरमा डिजे र लाउडस्पिकर बजाउन निषेध गरिएको छ।


जिल्ला प्रशासन कार्यालयका अनुसार, मङ्गलबार नेपालगञ्जमा आयोजित सर्वपक्षीय बैठकले यस्तो सहमति गरेको छ।
प्रमुख जिल्ला अधिकारी मदन भुजेल ज्यू को अध्यक्षतामा बसेको उक्त बैठकमा सहभागीले ठूलो स्वरमा बजाइने गरेको डिजे र लाउडस्पिकरले बिध्यालय, अस्पताल, घरबस्ति लगायत सबै क्षेत्रमा नकारात्मक प्रभाव परेकाले यसलाई रोक्नुपर्नेमा सहमति भएको थिए।
बैठकमा सहभागी राजनीतिक दलका पदाधिकारी, अधिकारकर्मी, नागरिक समाजका अगुवा, धर्मगुरु, प्रहरी तथा सरोकारवाला पक्षबीच मठमन्दिर, मस्जिद, चर्च, विवाह, भोजभतेर तथा अन्य कुनै पनि प्रकारका कार्यक्रममा आफ्नो क्षेत्रभन्दा बाहिर सुनिने गरी डिजे र लाउडस्पिकर बजाउन नपाइने निर्णय गरेका छन।