रिलिज मिति तय गर्दै “मारुनी” को फस्टलुक्स सार्वजनिक ।

भदौ १३ गतेबाट प्रर्दशन हुन लागेको फिल्म ‘मारुनी’को फस्टलुक्स सार्वजनिक गरिएको छ। पोस्टरमा पुष्प खड्का र साम्राज्ञी राज्य लक्ष्मी शाहलाई देख्न सकिन्छ ।
उनीहरुको केमेस्ट्री निकै दमदार देखिएको छ। उनीहरुलाई पोस्टरमा रोमान्टिक देखिएका छन्। केहि हप्ता अगाडी मात्र छायांकन समाप्त भएको फिल्म हाल सम्पादन कार्यमा रहेको छ।

उक्त पोस्टरमा साम्राज्ञी र पुष्पलाई प्रेम जोडीको रुपमा प्रस्तुत गरिएको छ । एक पोस्टरमा पुष्पले साम्राज्ञीलाई घोडा सवारी गराइरहेका छन् भने अर्का पोस्टरमा उनीहरु एकअर्काको निकै नजिक रहेका छन् । फिल्मको दुवै पोस्टरमा प्रेम झल्लकिएको छ । यो फिल्ममा नवनायिका रेविका गुरुङको पनि मुख्य भुमिका रहेको छ ।

नवल नेपालको निर्देशन र गोविन्द फुयालको कथा रहेको यस चलचित्रमा पुनम इन्टरटेन्मेन्टको ब्यानरबाट निर्माण हुने फिल्ममा पुनम संगै अजय पोखरेल र राजा प्रधानको पनि लगानी रहेको छ। फिल्ममा पुस्प र सम्राज्ञी संगै रेबिका गुरुङ, सुनिशा क्षेत्री, अरुण राज, आयुष प्रधान, शंखर सेढाइ र बाल कलाकारमा सायरा आचार्य, आभाष सिंह, स्वर्णिम पौडेल र सौर्य अधिकारी रहेका छन ।

 

 

प्रतिक्रिया दिनुहोस्