स्कारलेट, एन्जेलिना र बेयोन्सेलाई पछि पार्दै विश्वकै पहिलो नम्बरमा दीपिका

बलिउड अभिनेत्री दीपिका पादुकोण विश्वका सुन्दर महिलाको सूचीमा एक नम्बरमा परेकी छिन् । केही समय अघि आफ्ना प्रेमी रणवीर सिंहसँग वैवाहिक सम्बन्धमा बाँधिएकी बलिउडकी हट, सुन्दर र बोल्ड नायिका दीपिका पादुकोण हरेक हिसाबले पछिल्लो समयकी बलिउडकै एक नम्बर नायिकाको रूपमा गनिन्छिन् ।

अब्जर्भर डनले सुन्दरताको परिभाषा दिर्दै लेखेका छन्, ‘विश्वको सुन्दर महिलाले आफ्नो काम र अन्य गुणको माध्यमबाट जादुमय इतिहास रचेका छन् , मान्छेलाई शारीरिक रुपले भन्दा पनि विचारले सुन्दर बनाउँछ । उच्च विचारले मान्छेमा चमक ल्याउने काम गर्दछ । मान्छेको भित्री आत्मा देखि आएको कुरा निकै सुन्दर हुन्छ । अहिले दीपिका ‘छप्पाक’को प्रमोसमान व्यस्त छिन् । यो फिल्ममा उनले लक्ष्मी अग्रवालको भूमिका निर्वाह गरेकी छिन् । मेघान गुलजारले निर्देशन गरेको यो फिल्म १० जनवरी २०२० मा रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्